गणेश नेपालीको शव शिक्षण अस्पतालमा, आज पुनः सरकार–परिवार वार्ता


काठमाडौं ।

उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

परिवारसँग सहमति नभएकाले शव बुझिएको छैन। वीर अस्पतालमा शव सुरक्षित राख्ने मर्चरी चेन (फ्रिज) नभएकाले शुक्रबार राति शव शिक्षण अस्पताल पठाइएको अस्पतालले जनाएको छ।

सरकार र परिवारबीच शुक्रबार भएको अनौपचारिक वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता गर्ने तयारी गरिएको छ।