जडीबुटीबाट यात्रु तान्ने आरोपमा ३२ जना पक्राउ


काठमाडौं ।

जडीबुटी क्षेत्रमा यात्रु तानातान तथा दुःख–हैरानी दिएको आरोपमा ३२ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको हो।

यात्रुलाई जबरजस्ती सवारीसाधनमा चढाउने, झोला तान्ने तथा हैरानी दिने गरेको गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।