काठमाडौँ।
डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो करिब १: ५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप आफैं अनियन्त्रित भई सडकबाट करिब २०र २५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जीपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको छ ।
जीपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ ।
उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया