रास्वपाका नवनिर्वाचित पदाधिकारीको आज शपथ


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज पार्टी कार्यालय वनस्थलीमा हुँदैछ। शपथ कार्यक्रममा सहभागी हुन पदाधिकारी तथा केन्द्रीय सदस्यहरू कार्यालयमा पुग्न थालेका छन्।

रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी ५१ जना सभापतिद्वारा मनोनीत गरिने व्यवस्था छ। महाधिवेशन असार ७ गते सुरु भई सहमतिको प्रयासका कारण निर्धारित समयभन्दा लम्बिएको थियो।