काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयअन्तर्गतका सेवा र विवरणलाई सर्वसाधारणका लागि सहज बनाउन ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ। उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा सुरु गरिएको ड्यासबोर्डमार्फत कम्पनी, उद्योग तथा फर्म दर्तासम्बन्धी विवरण अब रियल टाइममा अद्यावधिक हुने मन्त्रालयले जनाएको छ।
ड्यासबोर्डमा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रणाली समेटिएका छन्। एपीआईमार्फत एकीकृत गरिएको यस प्रणालीबाट दर्तासम्बन्धी तथ्याङ्क सहजै प्राप्त गर्न सकिनेछ भने आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरका विवरणसमेत समावेश गर्ने योजना मन्त्रालयको छ।











प्रतिक्रिया