सरकार र रास्वपामाथि सांसद विष्टको कडा आलोचना


काठमाडौं ।

राष्ट्रिय सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकार सुशासनको नाममा संविधान कमजोर पार्ने दिशातर्फ उन्मुख भएको आरोप लगाए।

सांसद विष्टले रास्वपाभित्र वैचारिक द्वन्द्व देखिएको, बालबालिकालाई पार्टी सदस्यता दिएको, प्रदेश सभा खारेजको बहस र सरकारी खर्च बढाउने निर्णयको आलोचना गरे। उनले कूटनीतिक कमजोरी, शिक्षा–स्वास्थ्य क्षेत्रको अव्यवस्था तथा संवैधानिक निकायमाथि दबाब सिर्जना गरिएको आरोप पनि लगाए।

संविधानको रक्षा गर्न सबै राजनीतिक शक्ति सचेत हुनुपर्ने उल्लेख गर्दै उनले संवाद र कूटनीतिक पहलमार्फत मुलुकका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।