विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले म्याद थपका लागि आज विशेष अदालतमा पेस गरेपछि न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राख्ने आदेश दिएको हो। आदेशअनुसार उनलाई न्यायिक हिरासतमा पठाइएको छ।