काठमाडौं ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप अनुसन्धानका लागि म्याद थप माग गर्दै सोमबार विशेष अदालतमा पेश गरिएको छ।
यसअघि असार ९ गते अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो, उक्त अवधि सोमबार सकिएपछि पुनः म्याद थपको माग गरिएको हो।
यसैबीच, उनको पक्राउविरुद्ध पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भइसकेको छ भने त्यसको दोस्रो सुनुवाइ मंगलबार हुने तय भएको छ।











प्रतिक्रिया