काठमाडौं ।
बझाङको दुर्गाथली गाउँपालिकास्थित बाँठपाली देवताको मन्दिर निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटबाट मन्दिर निर्माणका क्रममा वास्तविक कामभन्दा २२ लाख १ हजार रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरिएको पाइएको हो।
सोही आरोपमा छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, वडा अध्यक्ष, निर्माण समितिका पदाधिकारी तथा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख, लेखापाल, इन्जिनियर र सबइन्जिनियरसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।











प्रतिक्रिया