काठमाडौं ।
काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भोजपुरको अरुण गाउँपालिका–३९ वर्षीय डम्बर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
सुकुम्बासी समस्या समाधान नभए ‘खुकुरी हान्छु’ भन्दै सामाजिक सञ्जालमा खुकुरी प्रदर्शन गरी धम्की दिएको आरोपमा उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया