‘२३–२४ भदौको घटना लोकतन्त्रविरुद्धको षडयन्त्र’: ओली


काठमाडौं ।  

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको घटनालाई लोकतन्त्र र वामपन्थी आन्दोलनविरुद्धको प्रतिगामी षडयन्त्र भएको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले वैधानिक सरकारलाई अवैध ढंगले हटाइएको दाबी गरे। उनले सरकार गठन, परिवर्तन र अपदस्थ गर्ने अधिकार संसद्को हुने भन्दै वैधानिक सरकार हटाएर अवैधानिक सरकार गठन गर्नु लोकतान्त्रिक प्रक्रिया नभएको बताए।