मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा


काठमाडौं ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिएका छन्।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएका हुन्।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।