काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्याका दोषी हालसम्म पत्ता लगाउन नसक्नु आफ्नै कमजोरी भएको स्वीकार गरेका छन्।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त हत्या नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भएको दाबी गरे।
साथै, नेपाली क्रान्तिको विशेषता र विशिष्टताअनुसार मार्क्सवाद–लेनिनवादलाई लागू गर्न आफूहरू सक्रिय रहेको उनले बताए।











प्रतिक्रिया