चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत युवा नेता सन्तोष पन्तले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
गण्डकी प्रदेश भूगोलतर्फबाट उम्मेदवारी दिएका पन्तको प्रस्तावकमा रास्वपाकी केन्द्रीय सदस्य तथा सांसद शोभा खनाल रहेकी छन् भने समर्थकमा गृहमन्त्री सुधन गुरुङ र सुजन देवकोटा रहेका छन् ।
गोरखाको गण्डकी गाउँपालिका–३ निवासी पन्त रास्वपा स्थापनाकालदेखि नै संगठन निर्माण तथा विस्तारमा सक्रिय रहँदै आएका छन् । उनी हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमको सचिवालयमा कार्यरत छन् ।
पार्टीको नीति, विधि तथा संगठन निर्माणमा आफूले हासिल गरेको अनुभवका आधारमा भूगोलको सशक्त प्रतिनिधित्व गर्ने प्रतिबद्धता पन्तले व्यक्त गरेका छन् ।
रास्वपाको नयाँ केन्द्रीय समिति चयनका लागि आज मतदान हुने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया