हाँसो, भेटघाट र सौहार्दले जीवन्त बनेको रास्वपा महाधिवेशन परिसर

564
Shares

चितवन। 

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन राजनीतिक गतिविधि र नेतृत्व चयनको प्रतिस्पर्धामा मात्र सीमित छैन। महाधिवेशन परिसरमा प्रतिनिधि, नेता तथा कार्यकर्ताबीच देखिएको आत्मीयता, सौहार्द र उत्साहले कार्यक्रमलाई थप जीवन्त बनाएको छ।

नेतृत्व चयनको सरगर्मीबीच विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू आपसमा भेटघाट, छलफल र अनुभव आदानप्रदानमा व्यस्त देखिएका छन्। महाधिवेशन स्थलमा देखिएका हाँसोका क्षण, मित्रवत् संवाद र सामूहिक तस्बिर खिच्ने गतिविधिले पार्टीभित्रको एकता र सहकार्यको सन्देश प्रवाह गरेको छ।

निर्वाचनको प्रतिस्पर्धात्मक वातावरण हुँदाहुँदै पनि महाधिवेशन परिसरमा सौहार्दपूर्ण माहौल कायम रहेको सहभागीहरू बताउँछन्। नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूबीचको घुलमिल र आत्मीय सम्बन्धले महाधिवेशनलाई केवल राजनीतिक कार्यक्रम नभई पार्टीभित्रको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा समेत स्थापित गरेको छ।