रास्वपा निर्वाचन आज, ८० मेसिनबाट मतदान


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज चितवनमा निर्वाचन हुँदैछ। निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान उपकरण प्रयोग गरिने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

४०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाले मतदानमा केही अतिरिक्त समय लाग्न सक्ने अनुमान गरिएको छ। पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ।