काठमाडौँ ।
देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने सम्भावना रहेको छ भने बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि तातो दिन रहने मौसमविद्ले बताएका छन्। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना कायम रहने जनाइएको छ।











प्रतिक्रिया