काठमाडौँ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा कुल ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। प्रदेश अर्थ मन्त्रालयका अनुसार यस अवधिमा आन्तरिक राजस्व संकलन ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
घरजग्गा रजिष्ट्रेशन तथा सवारीसाधन कर प्रदेशको प्रमुख आन्तरिक आयस्रोतका रूपमा रहेका छन्। ११ महिनामा घरजग्गा रजिष्ट्रेशनबाट १ अर्ब १८ करोड १२ लाख ९५ हजार र सवारीसाधन करबाट २ अर्ब १ करोड ५० लाख ५० हजार रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँटबाट ७ अर्ब ७५ करोड ६४ लाख ९९ हजार, अन्तःशुल्क करबाट २ अर्ब ७७ करोड ४१ लाख तथा सङ्घीय सरकारबाट विभिन्न शीर्षकका अनुदानसमेत प्राप्त भएको छ।
अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाका अनुसार आर्थिक तरलता, घरजग्गा तथा सवारी कारोबारमा आएको मन्दी र गत भदौमा भएको जनमत पार्टी (जेजी) आन्दोलनका कारण अपेक्षित राजस्व संकलन हुन नसकेको हो।











प्रतिक्रिया