काठमाडौँ।
उदयपुरमा महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा.२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।











प्रतिक्रिया