काठमाडौँ।
बाढी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ र आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। शनिबार बिहान जारी बुलेटिन अनुसार ती क्षेत्रका खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार हाल देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका जलसतह सामान्य अवस्थामा छन् र सतर्कता तहभन्दा तल नै छन्।
त्यसैगरी आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका स–साना नदीहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ। यसै कारण नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया