लुम्बिनीमा एमालेको समीक्षा तथा पुनर्गठन बैठक सुरु


कपिलवस्तु ।

नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी पुनर्गठन अभियान अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि चन्द्रौटामा सुरु भएको छ।

बैठकमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको छ भने संगठन सुदृढीकरण, निर्वाचन समीक्षा र आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ।

कार्यक्रममा प्रदेशका १२ जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको एमालेले जनाएको छ।