मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक एकतर्फी अवरुद्ध


काठमाडौँ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईन खोला पुल नजिक बुधबार राति सुख्खा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार राति करिब ९ः४५ बजे माथिबाट सुख्खा पहिरो खसेपछि सडकमा सवारी आवागमन प्रभावित भएको हो। हाल सडक खुलाउने प्रयासस्वरूप मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको छ।

प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा नेपाल प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।