उद्घाटन खेलमै मेक्सिको चम्कियो, दक्षिण अफ्रिका २–० ले पराजित


काठमाडौं ।

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

अज्टेका रंगशालामा भएको खेलमा जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गर्दै मेक्सिकोलाई जित दिलाए। दक्षिण अफ्रिकाले दुई खेलाडी रातो कार्डका कारण गुमाउँदा खेलमा दबाब झेल्नुपरेको थियो।

यो जितसँगै मेक्सिकोले समूह ‘ए’ मा ३ अंक जोड्दै नकआउट चरणतर्फ बलियो कदम चालेको छ।

 सोही समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।