देशभर बदली, विभिन्न क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौँ ।

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना छ। साथै मधेस प्रदेशसहित केही तराई क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा पनि वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति पनि देशभर सामान्य बदली रहने र सुदूरपश्चिम, लुम्बिनी तथा अन्य प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।