प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार महासङ्घको धर्ना


काठमाडौँ ।

सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न र प्रेसको संवैधानिक हकको रक्षा गर्न नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ।

शाखाले संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल गर्न तथा नागरिकको निर्बाध सूचना उपभोगको सुनिश्चितता गर्न माग गरेको छ। महासङ्घले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक संरक्षणका लागि सरकारसँग आवश्यक कदम चाल्न आग्रह गरेको जनाएको छ।