प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान


काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा समसामयिक विषय, सरकारका कामकारबाही तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।