कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै


काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने पार्टीले जनाएको छ।

समितिका संयोजक तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी अनुशासनसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।