काठमाडौं ।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतमा सञ्चालन हुने इण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली खेलाडीका साथै नेपाली रंगशालालाई समेत जोड्न सकिने प्रस्ताव अघि सारेका छन् ।
भारतको प्रतिष्ठित दैनिक पत्रिका ‘हिन्दुस्तान टाइम्स’ मा प्रकाशित आफ्नो एक लेखमार्फत सभापति लामिछानेले नेपाल र भारतबीचको परम्परागत राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई परिमार्जन गर्दै खेलकुद क्षेत्रसम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । दुई देशबीचको सम्बन्धलाई भूराजनीतिक विवादभन्दा माथि उठाएर ‘विकास तथा खेल कूटनीति’ का आधारमा अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै उनले हालै भारतको अहमदाबादमा सम्पन्न आईपीएल २०२६ को फाइनल खेल प्रत्यक्ष हेरेको सन्दर्भ समेत उल्लेख गरेका छन् ।
उनले आफ्नो लेखमा हालै अहमदाबादमा आईपीएलको फाइनल खेल प्रत्यक्ष हेर्नुका साथै नेपाली खेलाडी र नेपाली रंगशालाहरूलाई आईपीएल फ्रेन्चाइजमा कसरी समाहित गर्न सकिन्छ भन्नेबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन् । खेलकुद कूटनीतिले दुवै देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै लामिछानेले नेपाली रंगशालासमेत आईपीएल फ्रेन्चाइज संरचनासँग जोडिन सक्ने सम्भावना औंल्याएका हुन्











प्रतिक्रिया