प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुद्वारा मसाल जुलुस


काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेको छ।

आइतबार प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको हो।