काठमाडौँ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार साँझ दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाका ४५ वर्षीय राम प्रकाश थारुको उपचारका क्रममा सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य तीन घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको सुर्खेतमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया