चिकित्सा र नर्सिङ अध्ययनको कोटा बढाइने, अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि पढाइने


काठमाडौँ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले चिकित्सा तथा नर्सिङ अध्ययनका लागि कोटा उल्लेख्य रूपमा वृद्धि गरिने बताएका छन्।आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

उनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन गराउने व्यवस्था मिलाइने बताएका छन्।