निःशुल्क वितरण हुने २५ प्रतिशत औषधि नेपाल औषधि लिमिटेडमै उत्पादन गरिने


काठमाडौं। 

नेपाल औषधी लिमिटेडबाट सरकारले निःशुल्क वितरण गर्दै आएका औषधीमध्ये २५ प्रतिशत औषधी उत्पादन गरिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

हाल सरकारले देशभर ९६ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएको छ। बजेटमार्फत ती औषधीको आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकारी स्वामित्वको औषधी उत्पादन संस्थाको क्षमता विस्तार गरिने उल्लेख गरिएको छ।