काठमाडौं ।
सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेको जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रशासनिक खर्च कटौती गर्दै बचत हुने रकम प्रशासन सुधार तथा सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउन उपयोग गरिने बताएका छन्।
शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उनले ३१ वटा निकाय खारेज गरिने जानकारी दिए। यस्तै, ६ निकायलाई एकआपसमा गाभिने, ६ निकायलाई हस्तान्तरण गरिने तथा १८ निकायको पुनर्संरचना गरिने उनले बताए।











प्रतिक्रिया