मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ।

मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्ने कार्यसूची रहेको छ । आजै ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।