निश्चल र सुरम्यलाई स्वर्ण


काठमाडौं, (नेस) ।

एपीएफका निश्चल थापा र नेपाल आर्मीकी सुरम्य शाक्यले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको पहिलो दिन बिहीबार स्वर्ण जितेका छन् । क्याडेट यु–१५ अन्तर्गत सिंगल्सको ब्वाइजमा निश्चल र गल्र्समा सुरम्यले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा निश्चलले गण्डकी प्रदेशका सुगम पौडेललाई ११–७, ६–११, ८–११, ११–५ र ११–९ को सेटमा पराजित गरे । लुम्बिनी प्रदेशका सुविन क्षेत्री तथा कोशीका गौतम तामाङ तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स फाइनलमा सुरम्यले नेपाल प्रहरीकी प्राज्ना महर्जनलाई १२–१०, ११–९ र ११–९ को सोझो सेटमा हराइन् । बागमती प्रदेशकी काभ्या शाक्य तथा एपीएफकी उरवी सुवाल तेश्रो बने ।