तेजस्वी र ह्वाइट हेभेनको विजयी सुरुआत


काठमाडौं ।

आयोजक तेजस्वी एकेडेमी र ह्वाइट हेभन एकेडेमीले दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् ।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित घरेलु कोर्टमा तेजस्वीले ल्यान्डमार्क एकेडेमीलाई ३२–२७ ले पराजित ग¥यो । तेजस्वीको जितमा आयुश छन्त्यालले १७ अंक योगदान गरे ।

निरज थापाको १३ अंक सहयोगमा ह्वाइट हेभनले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २८–२० ले हरायो । प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिम सहभागी छन् । ब्वाइजमा ३१ तथा गल्र्समा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।