काठमाडौं ।
महामञ्जुश्री माविको आयोजनामा दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ३ विधामा ४४ विद्यालयका ७२ टोलीको सहभागिता रहने महामञ्जुश्रीका प्रिन्सिपल चुडामणि मरासिनीले जनाएका हुन् ।
सिनियर ब्वाइजमा ३२ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान २०–२० टिमको सहभागिता निश्चित भएको पनि जनाइयो । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने महामञ्जुश्रीकी प्रिन्सिपल एवं प्रतियोगिता संयोजक हेमलता चाम्लिङले बताइन् ।











प्रतिक्रिया