काठमाडौँ ।
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य वृद्धि भएको बताइएको छ ।











प्रतिक्रिया