काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र दिवसको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गरेका छन्।
उनले गणतन्त्रको रक्षा, सुदृढीकरण र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
कोइरालाले गणतन्त्रले देशलाई स्थायित्व र विकासको बाटोमा अघि बढाएको उल्लेख गर्दै यसको सफल कार्यान्वयन सबै नागरिकको साझा दायित्व भएको बताएका छन्।












प्रतिक्रिया