काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत सुदृढीकरण आवश्यक रहेको बताएका छन्।
उनले २०६२–६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संविधानसभा निर्वाचन सम्पन्न भई २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक घटनाको स्मरण गरेका छन्।
थापाले जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माणतर्फ सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। उनले गणतन्त्र दिवसले मुलुकलाई समृद्धितर्फ अघि बढाउन नयाँ उत्साह र प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन्।











प्रतिक्रिया