काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सुशासन, विकास र समृद्धि हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकासलाई अघि बढाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
राष्ट्रपतिले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा सहभागी नेता, नागरिक तथा कार्यकर्ताको योगदानको उच्च प्रशंसा गरेका छन्। उनले राष्ट्रिय एकता, स्वाधीनता र जनताको हितलाई सुदृढ गर्दै समतामूलक र समृद्ध समाज निर्माणतर्फ सबैलाई आह्वान गरेका छन्।











प्रतिक्रिया