लोकतन्त्र र लोकप्रिय नाराबीचको अन्तर समयसँगै बुझिन्छ : ओली


काठमाडौँ ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबीचको भिन्नता समाजले जीवन भोगाइसँगै बिस्तारै बुझ्ने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको उल्लेख गरे। लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न समय लाग्ने भन्दै उनले छोटो अवधिमै नेपालमा सामाजिक तथा भौतिक विकास भएको दाबी गरे।

ओलीले स्थानीय सरकारको विस्तार, समावेशी प्रतिनिधित्व, अभिव्यक्ति स्वतन्त्रता, डिजिटल सेवा पहुँच तथा सडक–सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धि भएको बताए। साथै जनताको निराशालाई प्रयोग गरेर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिले अधिनायकवाद बढ्न सक्ने चेतावनी पनि दिएका छन्।