काठमाडौं ।
नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो र राति पनि हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया