राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री नीता ढुंगानाको निर्देशनमा निर्माणाधीन फिल्म पार्वतीको फस्ट लुक सार्वजनिक गरिएको छ। सार्वजनिक दुई पोस्टरले फिल्ममा भावनात्मक र फरक शैलीको कथा रहेको संकेत गरेको छ।
सार्वजनिक पोस्टरमा नीतालाई नेपाली फिल्ममा कमै देखिएको डी–ग्लाम अवतारमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा उनी स्कुले छात्राको पोसाक, छोटो कपाल र घाँटीमा कालो धागोसहित देखिएकी छन्। नीलो पिनाफोरमा देखिएकी उनको हेराइ र मुस्कानले पात्र पार्वती सामान्यभन्दा फरक मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको आभास गराउँछ। अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्यु“मा बोकेको दृश्य देखिन्छ। उमेरले सानो पात्रले पार्वतीलाई बोकेको दृश्यले फिल्ममा उसको भूमिका संरक्षक र भावनात्मक सहाराका रूपमा रहने अनुमान गरिएको छ। दुवैको अनुहारमा देखिएको निष्कपट हाँसोले उनीहरूबीचको सम्बन्ध स्वार्थरहित र भावनात्मक हुने संकेत दिएको छ। नीताले आकाशतर्फ औंला देखाएको दृश्यले पात्रको सपना, कल्पनाशीलता वा स्वतन्त्र संसारलाई प्रतिनिधित्व गरेको देखिन्छ। पोस्टरमा पार्वती शीर्षक लेखिएको शैलीले पात्रले समाजबाट भोग्ने अवरोध, विद्रोह वा उसमाथि लगाइएको कुनै ट्यागलाई तोड्ने प्रयासको प्रतीकात्मक अर्थ बोकेको अनुमान गर्न सकिन्छ।
आगामी भदौ १२ गते रक्षाबन्धनको दिन रिलिजमा आउने फिल्मको पोस्टरमा दिदी–भाइजस्तो सम्बन्ध चित्रण गरिनु र रक्षाबन्धनकै मिति रोजिनुले कथा दिदी–भाइको भावनात्मक सम्बन्ध र सामाजिक जिम्मेवारी वरिपरि घुम्ने अनुमान गर्न सकिन्छ। पार्वती नीताका लागि ठूलो जोखिम र अवसर दुवै हुन सक्छ।
कथा, पटकथा, निर्देशन र मुख्य भूमिका नीता आफै“ले सम्हाल्नुले उनले यो परियोजनालाई विशेष महत्व दिएको स्पष्ट हुन्छ। पोस्टरले दिएको भावनात्मक र गम्भीर संकेतलाई फिल्मले पर्दामा प्रभावकारी रूपमा उतार्न सके यसले नीताको करियरमा नया“ मोड ल्याउन सक्ने चर्चा सुरु भएको छ। फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका क“डेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारले पनि अभिनय गरेका छन्। नीता ढुंगाना फिल्म्स्को व्यानरमा हरिहर अधिकारीद्वारा निर्मित फिल्ममा संवाद शिवम् अधिकारी, क्रियटिभ निर्देशन सरोज अधिकारी, संगीत प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्मा, नृत्य निर्देशन रामजी लामिछाने, पाश्र्व संगीत एलिस कार्की, छाया“कन सुदिप बराल र सम्पादन साहिल खानको रहेको छ।











प्रतिक्रिया