काठमाडौं।
नेपाल जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको समूह ए को खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । यो जितसँगैं घरेलु टोली अन्तिम चारमा पुग्यो ।
नेपाल ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । समूहमा दोस्रो स्थानको भारतको ५ अंक र कीर्गिस्तानको ३ अंक छ । माल्दिभ्सले भने अंक जोड्न सकेको छैन ।
पहिलो सेटमा सुरुदेखि नै अग्रता लिँदैं नेपालले यो सेट २५–१२ अंकले जितेको थियो । दोस्रो सेटमा पनि विपक्षीबाट कुनै प्रतिस्पर्धात्मक खेल हुन सकेन । यो सेट नेपालले २५–९ अंकले जित्यो । तर, तेस्रो सेटमा माल्दिभ्सले केही चुनौती पेश गरेको थियो । नेपालले यो सेट २५–२० अंकले जितेको थियो ।
यो समुहबाट सेमिफाइनल पुग्न अब, कीर्गिस्तान र भारतबीचको खेलको नतिजाले निधो गर्नेछ । आज हुने खेलमा भारतले जिते मात्रै पनि अन्तिम चारको यात्रा तय हुनेछ । तर, कीर्गिस्तानले अन्तिम चारको यात्रा गर्न भारतमाथि सीधा सेटकै जित हासिल गर्नु पर्नेछ ।











प्रतिक्रिया