काठमाडौं, (नेस) ।
नेपाल विद्युत प्राधिकरण ‘बी’ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा भएको क्वाटरफाइनलमा विद्युत ‘बी’ ले जनक शिक्षा सामाग्री केन्द्रलाई २–० गोलले पराजित ग¥यो । केयुकेएलले नेपाल बायु सेवा निगम ‘ए’ लाई २–० गोलले हरायो ।
अन्य क्वाटरफाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल बैंक लिमिटेडलाई ३–० तथा कृषि विकास बैंकले विद्युत ‘ए’ लाई ४–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा कृषिको भेट केयुकेएलसंग हुनेछ भने विद्युत ‘बी’ ले नागरिक उड्डयनको सामना गर्ने छ ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा शीर्ष तीन हुने टोलीले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिलामा विजेताले ३५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।
ब्याडमिन्टनमा कृषि विकास बैंकले २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जितेका छन् । टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारेका छन् । बुद्धिचालमा निगमका दिपेन्द्र ठाकुर विजेता बने ।











प्रतिक्रिया