बागमती नदीमा डुबेर दुई युवक बेपत्ता, खोजी कार्य जारी

0
Shares

रौतहट ।

बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन्। पाँच जनाको समूहमा नदीमा नुहाउन गएका मध्ये दुईजना नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका निवासी ती युवकहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ मकवानपुर र सिन्धुलीको सीमाबाट बग्ने बागमती नदीमा नुहाउन गएका थिए। सो क्रममा उनीहरू नदीमा डुबेका हुन्।

घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटेका छन्।