उदयपुर पत्रकार महासंघको साधारणसभा सम्पन्न

376
Shares

उदयपुर ।

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको १४ औ साधरणसभाशनिबार उदपुरको जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभाले सचिव तुलसीप्रसाद कोइरालाले प्रस्तुत सरकारलगरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पुरुषोत्तम सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको छ ।


कार्यक्रममा प्रमुख अतिथि लामाले पत्रकारिता क्षेत्रको विकासकालागि आफ्नो पालिकाका तर्फबाट गर्नु पर्ने सहयोग नियम कानुन बनाएर थप बलियो बनाउन लागि पर्ने र स्थानीय सरकारले स्थानीय पत्रपत्रिकालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
पत्रकारिता क्षेत्रले नेपालको व्यवस्था परिवर्तनमा निरन्तर सहयोग गर्नुका साथै समाज परिवर्तन मात्र होइन देशको समग्र परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर अहिले आएर पत्रकारिता क्षेत्रको विकासमा राज्यले विज्ञापनमा अंकुश लगाउने काम गर्नु उचित नभएको बताउनु भयो ।

सो कार्यक्रमकी विशिष्ट अतिथि तथा त्रियुगा नगपालकाकी उप पमुख महेश्वरी राईले पत्रकारहरुले सत्य तथ्यमा आधारित भएर समाचार लेख्न जोड दिंदै त्रियुगा नगरपालिकाले स्थानीय संचारनीति बनाएर पत्रकारिता क्षेत्रको विकासमा सहयोग गर्ने तयारी भैरहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले प्रदेश पत्रकार महास.घले कोशी प्रदेशको पत्रकारिता क्षेत्रको विकासकालागि कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग समन्वय गरेर काम अघि बढाइएको जानकारी दिंदै कोशी प्रदेश सरकारबाट उपलब्ध गराइने विज्ञापन तथा सूचनाहरु प्रदेशभित्र कै पत्रपत्रिकामा दिइने नीति ल्याउन आवश्यक तयारी भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलको अध्उक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी एवम् साहित्यकार कौशल चेम्जोङलाई नगद रु ११ हजार १ सय र अभिनन्दनपत्र सहित अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ, कोशी प्रदेश सदस्य विनु चेम्जोङ, वरिष्ठ पत्रकार कोशल चेम्जोङ, नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय सदस्य माधव पोखरेल, आदिवासी जनजाती पत्रकार संघका यमन दनुवार, संचारिका समुह उदयपुरकी अध्यक्ष गंगा राई, त्रियुगा नपा वडा नं ११ का वडाध्यक्ष सुमन्त कोइराला, पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष कुशलबाबु बस्नेत, सल्लाहकार भोटराज राई लगायतकाले शुभ कामना मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ उदयपुरका सचिव तुलसी प्रसाद कोइरालाले संचालन गरेका थिए ।