मुख्य भुमिकामा रहेका रापबोर्डका सदस्यसचिव अर्याल

कक्षा १२ को परीक्षामा ४५ दिनमा निस्कनेमा आशंका

0
Shares

सरकारी निर्देशकको अलंघन, प्लेन र अध्यक्षको गाडीपनि लगे

भक्तपुर ।

परीक्षाको नजिता प्रकासन गर्ने दिन आउन करिब डेढ महिना बाँकी रहदा राष्ट्रिय परीक्षाबोर्डका सदस्यसचिव जंगबहादुर अर्याल मोजमस्तीमा व्यस्त छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न दिर्नेशन दिएपनि परीक्षाफल प्रकाशित गर्ने मुख्य भुमिकामा रहेका सदस्यसचिव घुमघाममा मस्त छन् ।

बोर्डमा अध्यक्ष नियुक्त नभएकोले परीक्षाको सबै दायीत्व सदस्यसचिवको काधमा हुन्छ ।सरकारले इन्धन र यातायातमा मितब्यता अपनाईरहेको अवस्थामा सदस्यसचिव अर्याल शुक्रबार जम्बोटोली लिएर कोशी प्रदेश भ्रमणमा ब्यस्त छन् । अध्यादेश जारी भएलगत्तै सदस्यसचिव अर्याल पदमुक्त भएका थिए । तैपनि मन्त्रालयका सहसचिव जान नसकेको बहाना बनाउदै अर्याललाईनै फेरी सदस्यसचिव बनाएको थियो । अर्यालले बोर्डका सबै महाशाखा प्रमुखलाई कामबिहीन बनाएर परीक्षाको मुखैमा देश दौडाहामा छन् ।

‘हामी सबै कार्यतालिका र योजना सहित परीक्षाफल प्रकाशित गर्ने तरखरमा लागेका छौ । तर मुख्य भुमिकामा रहेका सदस्यसचिव अर्याल घुमघाममै ब्यस्त हुनुहुन्छ’–बोर्ड स्रोतले भन्यो । कक्षा १० को परीक्षाफल २९ दिनमा प्रकाशित गरेर वाहवबही कमाएको बोर्ड कक्षाको परीक्षा के हुन्छ ? नतिजा हेर्न बाँकी छ । कक्षा १०को परीक्षाफल कक्षाा १०को कर्मचारीको कारण छिटो भएको थियो।

तर बोर्डका सदस्यसचिव अर्याल सहितको टिम ६ हजार प्राबिधिक विद्यार्थीको परीक्षाको कार्यक्रममा पुग्नुपर्ने भन्दै योजना महाशाखाकासबै कर्मचारीलाई लिएर इटहरी र धनकुटा पुग्ने कार्यक्रम रहेको छ । सम्भवतः इटहरी ११ गतेसम्मको कार्यक्रममा सहभागि भएर धनकुटा जान लागेका हुन । स्रोतका अनुसार अर्यालले बिराटनगरका परीक्षा प्रदेश कार्यालय हुदाहुँदै इटहरीमा परीक्षाको काम गर्दैै दुःख दिएका छन् ।
सरकारले इन्धन कडाई गरी रहेको बेला काज देखाई अध्यक्षले प्रयोग गर्ने सवारी साधन सहित घुमघामको लागि पठाइएको छ । सदस्यसचिव अर्यालले मस्त घुमघाम गर्न थप सवारी साधनसमेत व्यवस्थापन गरेका छन् ।

उहाको कारण प्रदेश कार्यालयका प्रमुख हैरान भएका छन् ।सदस्यसचिव अर्याल सहित सबै कर्मचारी हवाईजहाजमा गएका छन् । उक्त काम गर्न एकजना प्रविधिक भए पुग्नेमा सबै कर्मचारीलाई बोकेर ईटहरी र धनकुटा भ्रमण गर्ने योजना बनाएका छन् । ‘सदस्यसचिव अर्याल हरेक हप्ताको शनिबार र आइतबार भत्ताखानकै लागि उपत्यका बाहिर जाने गर्नुभएको छ । उहा सम्भवतः १३ गते काठमाडौं फर्केर फेरी १४ गते आफ्नो घर भएको जिल्ला नुवाकोट जाने कार्यक्रम तय भएको छ’–कर्मचारीले भने ।

सदस्यसचिव अर्यालले गरेको गतिबिधिको बारेमा बोर्डका उपाध्यक्ष एवं मन्त्रालयका सचिव चुडामणी पौडेललाई जानकारी गराउदा कुनै एक्सन लिनुभएको छैन । कर्मचारीको भनाई छ–मन्त्रालयले नै वेवास्त गरेपछि कस्को के लाग्छ । कतिपटक सदस्यसचिवको बारेमा जानकारी गराउदा मन्त्रालय चुप लागेर बसेको छ ।

भ्रमणमा जानेहरुमा सदस्य सचिव जंगबहादुर अर्याल सहसचिव भास्कर दत्तपन्त उपसचिव पुस्कल खनाल, धनपति भेटवाल, शाखा अधिकृत लक्ष्मी अधिकारी , जिआइएस विज्ञ करारका कर्मचारी नारायण पोखरेल छन् । मन्त्री पोखरेलले शुसासनको नारा लगाउनेमात्र भएका छन् , बोर्डका सदस्यसचिवले मनपरी गर्दासमेत कुनै कारबाही गर्न सकेको छैन । बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव पौडेलले यो विषयमा चासो नदेखाउदा समस्या बढेको छ । कर्मचारीले जानकारी गराउदा समेत मन्त्रालयले केही गर्न सकेको छैन ।

सरकारले ४५ दिनमा परीक्षाफल प्रकाशित गर्न दवाव दिन्छ, सदस्यसचिव घुमघाममै मस्त हुँदा कुनै काम गर्न सकेको छैन–स्रोतले भन्यो । मन्त्रालयका कर्मचारीले बोर्डलाई ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न दवाव दिन्छ, सदस्यसचिव भने मनपरी गर्न व्यस्त छन् । सदस्यसचिवकै कारण तोकिएकै समयमा परीक्षाफल प्रकाशित गर्न सम्भव नहुने कर्मचारीको भनाई छ ।