यार्सागुम्बा टिपेर फर्किने क्रममा युवकको भीरबाट लडेर मृत्यु


काठमाडौं ।

गोरखा, चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको यार्सागुम्बा संकलन गरेर घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।

प्रकाश आफ्ना दाजुभाइसँग केही दिनअघि बुद्ध हिमाल क्षेत्रमा यार्सागुम्बा संकलनका लागि गएका थिए। फर्किने क्रममा शनिबार सम्पर्कविहीन भएपछि आफन्तले खोजी थालेका थिए। खोजीका क्रममा ग्यासियर नजिकै भीरबाट लडेको अवस्थामा उनको शव फेला परेको वडा सदस्य विकास गुरुङले जानकारी दिएका छन्।

उच्च हिमाली क्षेत्रको कठिन भूगोल, असुरक्षित बाटो र प्रतिकूल मौसमका कारण यार्सागुम्बा संकलनका क्रममा हरेक वर्ष दुर्घटना हुने गरेका छन्। स्थानीयले यस्ता घटनाले सुरक्षित व्यवस्थापनको आवश्यकता अझ बढाएको बताएका छन्।